काठमाडौं । कीर्तिपुर बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज भएका छन्।
अर्थमन्त्री पौडेल सोमबार दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन्।
गत शनिबार पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा प्रज्ज्वलनशील पदार्थ भरिएको बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जलनमा परेका थिए।
मन्त्री र मेयरको गर्धन, अनुहार, गाला, हात लगायतमा जलन भएको थियो। पोखराबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई अस्पतालले ४८ घन्टा आइसियूमा राखेर उपचार गरिएको थियो।
अर्थमन्त्री पौडेल र मेयर आचार्यको फोक्सोमा असर नदेखिएको र घाउमा सुधार देखिएको अस्पतालले बताएको छ। मेयर आचार्यको उच्च रक्तचापको समस्या रहेकाले उनलाई भने केही दिन अस्पतालमै राखेर उपचार गरिनेछ।