Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

हलेसी बजारमा लागेको आगलागी नियन्त्रणमा, तीन घर जलेर नष्ट

हलेसी बजारमा लागेको आगलागी नियन्त्रणमा, तीन घर जलेर नष्ट

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । खोटाङको हलेसी बजारमा आइतबार साँझ लागेको आगलागी नियन्त्रणमा आएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको रणभीम गणबाट खटिएको फायर फाइटिङ टोलीले आगलागी नियन्त्रणमा लिएको हो ।

हलेसी दुवाचुङ नगरपालिका–७, हलेसीबजारमा आगलागी हुँदा स्थानीय पदम राईको घर जलेर पूर्ण रूपमा क्षति भएको छ ।

हार्डवेयरसँगै ग्यास पसल राखेका पदमको घरबाट सुरु भएको आगोले अन्य दुई घर पनि नष्ट गरेको छ ।

खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077