Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

बाजुराबाट २६ विद्यार्थी बोकेर पोखरा हिँडेको बस सुर्खेतमा दुर्घटना

बाजुराबाट २६ विद्यार्थी बोकेर पोखरा हिँडेको बस सुर्खेतमा दुर्घटना

आइतवार , फाल्गुण ४, २०८१

सुर्खेत । बाजुराबाट विद्यार्थी बोकेर पोखरा हिँडेको बस सुर्खेतमा दुर्घटनामा परेको छ ।

बाजुराबाट कर्णाली राजमार्ग भएर सुर्खेत हुँदै पोखरा भ्रमणमा हिँडेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बरको बस आइतबार साँझ करिब ५ बजे दुर्घटनामा परेको हो ।

कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका ५ आपखोलीमा स्टेरिङ फेल भएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।बाजुरा जिल्लाको भानुदय विद्यालयको २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिडेको थियो।

उक्त बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ । २६ जना विद्यार्थीहरू मध्ये २ जनालाई विद्यार्थी घाइते भएका छन् । अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077