सुर्खेत । बाजुराबाट विद्यार्थी बोकेर पोखरा हिँडेको बस सुर्खेतमा दुर्घटनामा परेको छ ।
बाजुराबाट कर्णाली राजमार्ग भएर सुर्खेत हुँदै पोखरा भ्रमणमा हिँडेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बरको बस आइतबार साँझ करिब ५ बजे दुर्घटनामा परेको हो ।
कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका ५ आपखोलीमा स्टेरिङ फेल भएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।बाजुरा जिल्लाको भानुदय विद्यालयको २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिडेको थियो।
उक्त बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ । २६ जना विद्यार्थीहरू मध्ये २ जनालाई विद्यार्थी घाइते भएका छन् । अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
Leave a Reply