काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
गिरिबन्धु टी-इस्टेट सम्बन्धी फैसला कार्यान्वयन नगरी अवहेलना गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाएर गत सोमबार रिट दायर गरेका थिए ।
अर्यालले इजलासमा आफ्नो निवेदन संवैधानिक इजलासबाट जारी भएको परमादेश कार्यान्वयनमा अवरोध गरिएको विषयमा रहेकाले सुनुवाइ पनि सोही इजलासमा हुनु उचित हुने माग गरेका थिए।
निवेदनमा भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोप लगाइएको छ।