Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

राष्ट्रपति पौडेलले लिए अर्थमन्त्रीको स्वास्थ्यबारे जानकारी

राष्ट्रपति पौडेलले लिए अर्थमन्त्रीको स्वास्थ्यबारे जानकारी

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

राष्ट्रपति पौडेलले पोखरामा शनिबार भएको बेलुन विस्फोटमा परेर घाइते भएका अर्थमन्त्री पौडेलको स्वास्थ्यबारे जानकारी लिएका हुन्।

राष्ट्रपति पौडेलले अस्पतालमा उपचाररत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिए।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए।

बेलुन फुट्दा आगोको झिल्काले उनीहरुको हात र अनुहारमा जलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077