Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दोहोरो अंकले नेप्से बढ्दा ७ अर्ब ४४ करोडको सेयर कारोबार

दोहोरो अंकले नेप्से बढ्दा ७ अर्ब ४४ करोडको सेयर कारोबार

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन सोमबार १५.८३ अंकले बढेको नेप्से परिसूचक आज ३३.४१ अंकले बढेर २७१६.६६ विन्दुमा पुगेको हो।

नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि सोमबारो तुलनामा बढेको छ। यसदिन ३ स्क्रिप्सक १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयर ७ अर्ब ४४ करोड ९ लाख ९ हजार ९८७ रुपैयाँ खरिबिक्री भए।

अघिल्लो कारोबार दिन सोमबार ६ अर्ब ३४ करोड मुल्य बराबरको सेयर कारोबार भएको थियो। कारोबारमा आएका २११ स्टक्सको मूल्य बढ्दा ३२ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो।

यस दिन सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077