Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

१५ अंकले नेप्से बढ्दा ६ अर्ब ३४ करोडको सेयर कारोबार

१५ अंकले नेप्से बढ्दा ६ अर्ब ३४ करोडको सेयर कारोबार

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ विन्दुमा पुगेको हो। अघिल्लो कारोबार दिन नेप्से परिसूचक १३ अंकले बढेर २६६७.४० विन्दुमा पुगेको थियो।

सो दिन ७ अर्ब ७२ करोड बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३०९ स्क्रिप्सको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयर ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५९७ रुपैयाँमा खरिदबिक्री भए।

सो कारोबार रकम आइतबारको तुलनामा कम हो। यसदिन कारोबारमा आएकामध्ये १६९ स्टक्सको मूल्य बढ्दा ६७ वटाको घट्यो। बाँकी ९ स्टक्सको मूल्य भने आज स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077