Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • पशुपति गौशाला धर्मशालाको विषयमा अध्ययन गर्न ६ सदस्यीय समिति गठन

    पशुपति गौशाला धर्मशालाको विषयमा अध्ययन गर्न ६ सदस्यीय समिति गठन

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 138
    SHARES

    काठमाडौं । पशुपति गौशाला धर्मशाला विवादका विषयमा अध्ययन गर्न समिति गठन गरिएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सोमबार बसेको बैठकले सहसचिव एवं संस्कृति महाशाखाका प्रमुख अध्यक्ष रहने गरी ६ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।



    मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार समितिमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र मन्त्रालयका संस्कृति शाखा उपसचिव सदस्य रहनेछन् ।



    समितिले ३० दिनभित्र मन्त्रीसमक्ष प्रतिवेदन पेस गर्ने निर्णय भएको बताइएको छ । समितिले धर्मशालाको स्थापनादेखिको अवस्थाको अध्ययन गर्ने, आय व्ययको विवरण, लेखा परीक्षणको अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा धर्मशालाबाट प्रवाह भएको सेवाको प्रकृति तथा अवस्थाको अध्ययन गर्ने कार्यादेश पाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार