Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पशुपति गौशाला धर्मशालाको विषयमा अध्ययन गर्न ६ सदस्यीय समिति गठन

पशुपति गौशाला धर्मशालाको विषयमा अध्ययन गर्न ६ सदस्यीय समिति गठन

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । पशुपति गौशाला धर्मशाला विवादका विषयमा अध्ययन गर्न समिति गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सोमबार बसेको बैठकले सहसचिव एवं संस्कृति महाशाखाका प्रमुख अध्यक्ष रहने गरी ६ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार समितिमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र मन्त्रालयका संस्कृति शाखा उपसचिव सदस्य रहनेछन् ।

समितिले ३० दिनभित्र मन्त्रीसमक्ष प्रतिवेदन पेस गर्ने निर्णय भएको बताइएको छ । समितिले धर्मशालाको स्थापनादेखिको अवस्थाको अध्ययन गर्ने, आय व्ययको विवरण, लेखा परीक्षणको अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा धर्मशालाबाट प्रवाह भएको सेवाको प्रकृति तथा अवस्थाको अध्ययन गर्ने कार्यादेश पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077