Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नेपाल प्रहरीका दुई डीआईजीको एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका दुई डीआईजीको एआईजीमा बढुवा सिफारिस

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस गरिएको छ ।

आइतबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूहका डा. सुन्दर प्रसाद ह्योजु र जनपद प्रहरी समूहतर्फका किरण राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको बताइएको छ ।

डा. ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् भने राणा केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077