Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • नेपाल प्रहरीका दुई डीआईजीको एआईजीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका दुई डीआईजीको एआईजीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 624
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस गरिएको छ ।

    आइतबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूहका डा. सुन्दर प्रसाद ह्योजु र जनपद प्रहरी समूहतर्फका किरण राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।



    प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको बताइएको छ ।



    डा. ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् भने राणा केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार