Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • धरानका कार्यवाहक मेयरलाई काम नगर्न अदालतको आदेश

    धरानका कार्यवाहक मेयरलाई काम नगर्न अदालतको आदेश

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 264
    SHARES

    काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका कार्यवाहक मेयरलाई तत्कालीन अवस्थामा काम नगर्न अदालतले आदेश दिएको छ ।

    उच्च अदालतका न्यायधीश ध्रुवराज नन्दको इजलासले कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आइतबार आदेश दिएको हो ।



    मेयर हर्क साम्पाङ बेलायत भ्रमणमा गएपछि धरान ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए ।



    तर, कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ । विधि विधान विपरीत वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिइएको भन्दै उपमेयर आइन्द्र विक्रम बेघाले अदालतमा रिट दायर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार