Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

धरानका कार्यवाहक मेयरलाई काम नगर्न अदालतको आदेश

धरानका कार्यवाहक मेयरलाई काम नगर्न अदालतको आदेश

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका कार्यवाहक मेयरलाई तत्कालीन अवस्थामा काम नगर्न अदालतले आदेश दिएको छ ।

उच्च अदालतका न्यायधीश ध्रुवराज नन्दको इजलासले कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आइतबार आदेश दिएको हो ।

मेयर हर्क साम्पाङ बेलायत भ्रमणमा गएपछि धरान ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए ।

तर, कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ । विधि विधान विपरीत वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिइएको भन्दै उपमेयर आइन्द्र विक्रम बेघाले अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077