Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • एमालेले दान पाएको जग्गा यूनिटी ठगी प्रकरणका आरोपी कालु गुरुङको

    एमालेले दान पाएको जग्गा यूनिटी ठगी प्रकरणका आरोपी कालु गुरुङको

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 447
    SHARES

    काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालय बनाउन दान पाएको जग्गा यूनिटी ठगी प्रकरणमा मुछिएका कालु गुरुङको भएको खुलेको छ ।

    गुरुङले सर्वसाधारणबाट उठाइएको रकमको दुरुपयोग गरेकोमा मुद्दा दायर भएको थियो । जसमा उनीसँग अदालतले नौ करोड रुपैयाँ धरौटी मागेको थियो ।



    गत २५ असोजमा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले एमालेलाई जग्गा दिएका थिए । सोही दिन पार्टी कार्यालय निर्माणको शिलान्यास भएको थियो । तर, सो जग्गा मीनबहादुरको नाममा नभई रोडशो हाउजीङको नाममा छ ।



    सो कम्पनी कालु गुरुङ र मीना गुरुङको नाममा छ । स्रोतका अनुसार कालु र मीनबहादुर जग्गा कारोबारमा साझेदार हुन् ।
    भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका र अर्को मुद्दा खेपिरहेका गुरुङसँग स्वार्थ राखेर जग्गा दान लिइएको भन्दै अर्को आलोचना भइरहेको छ ।

    जग्गाधनी कालु गुरुङ यूनिटी ठगी लगायत विभिन्न प्रकरणमा मुछिएका जग्गा व्यापारी हुन् । साथै दान दिइएको जग्गा बैंकमा धितो राखेर ऋण लिइएको समेत खुलेको छ ।

    तत्कालीन एनसिसी बैंकबाट गुरुङले १२ करोड ३२ लाख ऋण लिएका छन् । कीर्तिपुर नगरपालिका–२ मा रहेको सो जग्गा २५७ र २५८ गरी दुई कित्तामा रहेको कलंकी मालपोत कार्यालयको तथ्याङक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार