Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मनाङमा लेक लागेर एक जना विदेशी पर्यटकको मृत्यु

मनाङमा लेक लागेर एक जना विदेशी पर्यटकको मृत्यु

आइतवार , कार्तिक ४, २०८१

मनाङ । मनाङमा लेक लागेर एक जना पर्यटकको मृत्यु भएको छ।

ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्वीट्जरल्याण्डका नागरिको मृत्यु भएको हो ।

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

राति सकुशल सुतेका उनी बिहान मृत भेटिएपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको छ। प्रहरीले पर्यटक मृत भेटिएको सूचनापछि प्रहरी पुगेको थियो ।

त्यस क्षेत्रमा हेलिकप्टरबाट थप १० जना विदेशी २३ जना नेपाली नागरिकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077