Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश दाहालको इजलास

रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश दाहालको इजलास

आइतवार , कार्तिक ४, २०८१

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश नवराज दाहालको इजलासमा परेको छ।

जिल्ला अदालत कास्कीका अनुसार लामिछानेविरुद्धको मुद्दा एक नम्बर न्यायाधीशकै बेञ्चमा परेको हो।

पोखराको सूयर्दशन सहकारी संस्थाको रकम अपचलनमा मुछिएका लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी रातारात पोखरा पुर्‍याइएको थियो ।

आज उनलाई अदालतमा पेस गरिँदै छ । उनलाई केहीबेरमा अदालतमा उपस्थित गराइँदैछ ।

शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालत उपस्थित गराउन लागिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी तथा संगठित अपराधमा उनीमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077