Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पर्यटन व्यवसायी मिश्रको निधन

पर्यटन व्यवसायी मिश्रको निधन

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । पर्यटन व्यवसायी बसन्त मिश्रको निधन भएको छ।

डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका व्यवसायी मिश्रको उपचारकै क्रममा निधन भएको हो।

टेम्पल टाइगर ग्रुप अफ कम्पनीक अध्यक्ष मिश्र लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध थिए।

मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए ।

उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077