Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सप्तरीको बरमझियामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सप्तरीको बरमझियामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतवार , कार्तिक ४, २०८१

सप्तरी । सप्तरीको बरमझियामा बस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बस दुर्घटना हुँदा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो ।

दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ ।

उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ ।

विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा बस दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077