Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • सप्तरीको बरमझियामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    सप्तरीको बरमझियामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 123
    SHARES

    फाइल तस्विर

    सप्तरी । सप्तरीको बरमझियामा बस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

    उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बस दुर्घटना हुँदा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो ।



    दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ ।



    उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ ।

    विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा बस दुर्घटना भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार