Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तीनै तहका सरकार पुनःर्निर्माणको काममा लाग्नुपर्छ : प्रधानमन्त्री ओली

तीनै तहका सरकार पुनःर्निर्माणको काममा लाग्नुपर्छ : प्रधानमन्त्री ओली

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो २०७२ को भूकम्पपछि अहिलेसम्मकै ठूलो विपत्ति भएको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो र डुबानबाट उत्पन्न परिस्थितिलाई भूकम्पपछिको ठुलो विपद्कोरुपमा बुझ्न र त्यहीअनुसार राहत र पुन:निर्माणका काममा जुट्न आह्वान समेत गरे ।

प्रधानमन्त्री ओलीले बाढीपहिरो र डुबानका कारण सिर्जित अवस्थाबाट जनजीवन सामान्य बनाउन राहत तथा पुनःनिर्माणका लागि तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने बताए ।

बाढीपहिरोबाट दिवंगतहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै खोज, उद्धार, राहत र पुनःनिर्माणका लागि गम्भीरताका साथ काम भइरहेको प्रधानमन्त्री ओलीको दाबी छ ।

प्रधानमन्त्री ओलीले उपत्यकालाई जोड्ने सडकहरु रोकिएको स्थितिमा दसैँ अगावै सम्पूर्ण प्रयासहरु गरेर सडक खुलाइएकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई धन्यवाद समेत दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077