Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

    गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 126
    SHARES

    झापा । म्याजिक गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । झापा प्रहरीका अनुसार मृत्यु हुनेमा ६५ वर्षका भारतीय नागरिक आसारुलाल पानवारी छन् ।

    बिर्तामोड नगरपालिका वडा नम्बर-३ बिर्ताबजारस्थित बिर्तामोड-भद्रपुर सडकखण्डमा दुर्घटना भएको थियो ।



    जसमा बनियानीबाट बिर्ताबजारतर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको गाडीले भारत बहादुरगञ्ज घर भई हाल बिर्तामोड नगरपालिका वडा नम्बर ३ शैनिकमोडमा डेरा गरी बस्ने पानवारीलाई बिहीबार अपराह्न ठक्कर दिएको थियो ।



    बिर्तामोडको एक अस्पतालमा उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालकलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार