Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बार अध्यक्ष घिमिरेविरुद्धको मुद्दा न्यायाधीशद्धय रेग्मी र चुडालको इजलासमा

बार अध्यक्ष घिमिरेविरुद्धको मुद्दा न्यायाधीशद्धय रेग्मी र चुडालको इजलासमा

बिहिवार , कार्तिक १, २०८१

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको मुद्दाको पेसी न्यायाधीशद्धय कुमार रेग्मी र कुमार चुडालको इजलासमा परेको छ ।

घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलना सम्बन्धी मुद्दाको पेसी न्यायाधीशद्धय रेग्मी र चुडालको इजलासमा तोकिएको हो।

सर्वोच्च अदालतमा उपरजिस्ट्रार गोविन्द घिमिरेको प्रतिवेदनका आधारमा बार अध्यक्ष घिमिरेविरुद्ध असोज १४ गते अदालतको अवहेलना निवेदन दर्ता भएको थियो ।

उक्त निवेदन फिर्ता लिने घोषणा घिमिरे स्वयम्ले गरेका छन् । बार अध्यक्ष घिमिरेले सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीश नियुक्तिमा प्रधान न्यायाधीश एवं न्याय परिषद्का अध्यक्षले लेनदेन गरेको आरोप लगाएका थिए।

तत्कालीन समयमा प्रधान न्यायाधीशको रूपमा विश्वम्भरप्रसाद श्रेष्ठ थिए भने उनी अवकाश भएका छन् । हाल प्रधान न्यायाधीशको रूपमा प्रकाशमानसिंह राउत रहेका छन् ।

न्याय परिषद् नियमावलीको विरोधमा बारले धर्ना दिइरहँदा परिषद्ले सर्वोच्चको रिक्त न्यायाधीशमा उच्च अदालतका दुई मुख्य न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सिफारिस गरेको थियो ।

बारको विरोधलाई बेवास्ता गरेको भन्दै घिमिरेले यस्तो अभिव्यक्ति दिएका थिए । सर्वोच्चमा आज हुने सुनुवाइले उक्त मुद्दा अघि बढ्ने कि नबढ्ने तय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077