Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन चलाउन रोक

बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन चलाउन रोक

बुधवार , आश्विन ३०, २०८१

काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ ।

रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो ।

तर, भकुण्डेबेँसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेकाले सुक्खा पहिरो झर्ने सम्भावना हुँदा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म धुलिखेल–भकुण्डेबेसी–वर्षेखोला सडकखण्ड बन्द रहने छ ।

उक्त सडकखण्ड सञ्चालनमा आएसँगै अहिले बीपी राजमार्ग भएर काठमाडौँ भित्रिने सवारीसाधनको चाप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077