Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

धौलागिरि आरोहणका क्रममा मृत्यु भएका रूसी नागरिकको शव ल्याइयो काठमाडौं

धौलागिरि आरोहणका क्रममा मृत्यु भएका रूसी नागरिकको शव ल्याइयो काठमाडौं

बुधवार , आश्विन ३०, २०८१

काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा मृत्यु भएका पाँच जना रुसी नागरिकहरूको शव काठमाडौं ल्याइएको छ।

शव ९ दिनपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो। सात हजार एक सय मिटर उचाइमा उनीहरू असोज २२ गते मृत फेला परेका थिए।

रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो।

शव पोष्टमर्टमको लागि बुधबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समिट ट्रेकको टोलीले शव उठाएर आधार शिविर झारेका थिए।

आधार शिविरबाट शवलाई काठमाडौंस्थित टिचिङ शिक्षण अस्पताल ल्याइएको हो।

आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोहीहरू धौलागिरी हिमाल आरोहणका लागि गएका थिए।

दुई जनाले सफल आरोहण गरेका थिए। सात जना पर्वतारोहीहरूले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077