Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई उजुरी

सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई उजुरी

बुधवार , आश्विन ३०, २०८१

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेका छन्।

प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेको हो ।

एकजनाले आफैँ उपस्थित भएर उजुरी दिएका छन् भने अर्को उजुरी इमेलमार्फत आएको संसदीय सुनुवाइ समितिले जनाएको छ ।

सुनुवाइ समितिले यही असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो ।

निर्धारित समयमा निरौलाविरुद्ध मात्रै उजुरी परेको हो । स्रोतका अनुसार निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित एउटा उजुरी छ भने अर्को उजुरी नियुक्ति प्रक्रियासँग सम्बन्धित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077