Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • पैदल यात्रीलाई ठक्कर दिएर भागेका कार चालक पक्राउ

    पैदल यात्रीलाई ठक्कर दिएर भागेका कार चालक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 228
    SHARES

    काठमाडौं । सवारी दुर्घटना गराई फरार भएका एक जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।

    दशैंको दिन तिनकुनेस्थित गैरीगाउँमा एक यात्रुलाई ठक्कर दिएर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको हो ।



    काठमाडौं–३२ विनोद महरा भन्ने रामविनय रामको मृत्यु भएको घटनामा संलग्न मोरङ स्थायी घर भइ कुपण्डोल बस्दै आएका ४० वर्षीय निरज विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सीसीटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित विष्टलाई पक्राउ गरिएको हो।

    उनलाई हाल प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ । विष्टले चलाएको बा ३ च ९४४ नम्बरको कारले ठक्कर दिँदा राम गम्भीर घाइते भएका थिए ।

    उनले लगत्तै रामलाई केएमसी अस्पताल पुर्‍याएर फरार भएका थिए । घाइते रामलाई उपचारका क्रममा चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार