Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पैदल यात्रीलाई ठक्कर दिएर भागेका कार चालक पक्राउ

पैदल यात्रीलाई ठक्कर दिएर भागेका कार चालक पक्राउ

बुधवार , आश्विन ३०, २०८१

काठमाडौं । सवारी दुर्घटना गराई फरार भएका एक जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।

दशैंको दिन तिनकुनेस्थित गैरीगाउँमा एक यात्रुलाई ठक्कर दिएर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं–३२ विनोद महरा भन्ने रामविनय रामको मृत्यु भएको घटनामा संलग्न मोरङ स्थायी घर भइ कुपण्डोल बस्दै आएका ४० वर्षीय निरज विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सीसीटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित विष्टलाई पक्राउ गरिएको हो।

उनलाई हाल प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ । विष्टले चलाएको बा ३ च ९४४ नम्बरको कारले ठक्कर दिँदा राम गम्भीर घाइते भएका थिए ।

उनले लगत्तै रामलाई केएमसी अस्पताल पुर्‍याएर फरार भएका थिए । घाइते रामलाई उपचारका क्रममा चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077