Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मुख्यमन्त्री आचार्य भन्छन् - प्रहरी संगठनलाई रुपान्तरण गर्न जरुरी छ

मुख्यमन्त्री आचार्य भन्छन् - प्रहरी संगठनलाई रुपान्तरण गर्न जरुरी छ

बुधवार , आश्विन ३०, २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई रुपान्तरण गर्न जरुरी रहेको बताएका छन् ।

६९औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।

उनले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिंदो परिवेश अनुसार रुपान्तरण गर्नुपर्ने बताए ।

मुख्यमन्त्री आचार्यले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधि युक्त बनाउँदै रुपान्तरणको आवश्कता रहेको औंल्याएका छन् ।

अपराध अनुसन्धानको क्षेत्रमा लुम्बिनी प्रदेशमा रहेका प्रहरी कार्यालयहरुको कार्यसम्पादन उत्कृष्ट रहेको समेत चर्चा गर्दै कामको सिलसिलामा दिवंगत प्रहरीको योगदान र परिवार प्रति गर्नुपर्ने दायित्व राज्यले सधैं निर्वाह गर्ने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077