Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • मुख्यमन्त्री आचार्य भन्छन् – प्रहरी संगठनलाई रुपान्तरण गर्न जरुरी छ

    मुख्यमन्त्री आचार्य भन्छन् – प्रहरी संगठनलाई रुपान्तरण गर्न जरुरी छ

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 93
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई रुपान्तरण गर्न जरुरी रहेको बताएका छन् ।

    ६९औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।



    उनले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिंदो परिवेश अनुसार रुपान्तरण गर्नुपर्ने बताए ।



    मुख्यमन्त्री आचार्यले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधि युक्त बनाउँदै रुपान्तरणको आवश्कता रहेको औंल्याएका छन् ।

    अपराध अनुसन्धानको क्षेत्रमा लुम्बिनी प्रदेशमा रहेका प्रहरी कार्यालयहरुको कार्यसम्पादन उत्कृष्ट रहेको समेत चर्चा गर्दै कामको सिलसिलामा दिवंगत प्रहरीको योगदान र परिवार प्रति गर्नुपर्ने दायित्व राज्यले सधैं निर्वाह गर्ने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार