Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

डडेल्धुरा बस दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो, थप एक महिलाको शव फेला

डडेल्धुरा बस दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो, थप एक महिलाको शव फेला

बुधवार , आश्विन ३०, २०८१

डडेलधुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

घटनास्थलमा बुधबार बिहान ११ बजे थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो।

बसमा सवार बैतडीको पुर्चौडी नगरपालिका–१० की गोवणी महराको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार अहिले मुचुल्का तयार गर्ने काम भइरहेको छ। योसँगै बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ।

मंगलबार राति कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटनामा परेको थियो।

बसमा १७ जना सवार थिए। तीमध्ये गम्भीर घाइते ४ जनालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।

बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको दुर्घटनामा परेर मृत्यु भएको छ। बस दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077