Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मिथिलाञ्चलमा कोजागरा मनाइँदै

मिथिलाञ्चलमा कोजागरा मनाइँदै

बुधवार , आश्विन ३०, २०८१

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, मिथिला क्षेत्रमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रतलाई मिथिला क्षेत्रमा कोजागरा भन्ने गरिन्छ। जनकपुरधाम स्थित जानकी मन्दिरमा कोसेली भित्र्याएर विशेष पूजापाठका साथ कोजाग्रत पूर्णिमा मनाइने गरिन्छ।

माता सीतालाई छोरीको रुपमा मान्दै महोत्तरीको रतौली गाविसमा विगत एक सय २० वर्षदेखि निरन्तर स्वर्गीय महेन्द्र ठाकुरको परिवारजनले जानकी मन्दिरलाई भार (कोसेली) पठाउने गरेको इतिहास छ ।

यही प्रचलनलाई ठाकुर परिवारको तेस्रो पुस्ताका पनातिहरू नवीन ठाकुरले जीवन्त राख्दै यस वर्ष पनि जानकी मन्दिरलाई भार पठाएका छन्।

आजकै दिन महोत्तरीको रातौलीवाट शताब्दियौं देखिको परम्परा अनुसार विशेष भार जानकी मन्दिरमा आउने गर्दछ। महोत्तरी रतौलीका जमिन्दार स्व। महेन्द्र प्रसाद ठाकुरले सैयौं वर्ष पहिले जानकी मन्दिरमा भारको शुरुवात गरेका थिए।

साथै कोजाग्रात पुर्णिमाका दिन जानकी मन्दिरमा सर्वसाधारणले पान, मखान, मिसरी सहितका प्रसाद चढाउने गर्दछन् भने आजको दिन मिथिलाञ्चलमा सबैले आ आफ्नो घरमा समेत पान र मखान खाने चलन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077