Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

डडेल्धुरामा बस दुर्घटना : दुई दिने नाबालकसहित ४ जनाको मृत्यु, १२ घाइते

डडेल्धुरामा बस दुर्घटना : दुई दिने नाबालकसहित ४ जनाको मृत्यु, १२ घाइते

बुधवार , आश्विन ३०, २०८१

डडेल्धुरा । डडेल्धुरामा यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

कन्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस गएराति अमरगढी-७ खस्रेखान भन्ने ठाउँमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दुर्घटनामा ज्यान गुमाउने चारै जना पुर्चौडी नगरपालिका–३ का हुन् ।

दुर्घटनामा २२ वर्षीय सहदेव बोहरा, २० वर्षीय कमला बोहरा, उनका दुई दिनको नाबालक छोरा र ४५ वर्षीय जयमती बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् भने घाइतेमध्ये ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई भने धनगढी रिफर गरिएको डडेल्धुरा प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077