Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सामान्य विवाद हुँदा श्रीमतीको हत्या

सामान्य विवाद हुँदा श्रीमतीको हत्या

मंगलवार , आश्विन २९, २०८१

झापा । झापामा सामान्य विवाद हुँदा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिका–३, दार्जिलिङ डाँडामा आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेका हुन् ।

चौहानको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमान् वीरबहादुर चौहानलाई पक्राउ गरेको छ। विवाद हुँदा उनले श्रीमतीलाई फलामको दाउले घाँटीमा प्रहार गरेका थिए ।

त्यसक्रममा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो भने वीरबहादुर त्यहाँबाट फरार भएका थिए ।

उनी भागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको टोली खोजीमा परिचालित भएको थियो ।

खोजी गर्ने क्रममा उनलाई अर्जुनधारा नगरपालिकाकै जुकेखाडी जंगलमा लुकेर बसेको अवस्थामा हतियारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनलाई अहिले इलाका प्रहरी कार्यालय, अनारमनीमा राखेर थप अनुसन्धान थालिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077