Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

विश्व हात धुने दिवस आज

विश्व हात धुने दिवस आज

मंगलवार , आश्विन २९, २०८१

काठमाडौं । अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस । नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्षको विश्व हात धुने दिवसको नारा ‘किन सफा हातहरू अझै महत्त्वपूर्ण छन् ?’ छ ।

चिकित्सकका अनुसार शौचालय गएपछि, बालबालिकाको दिसा धोएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनुअघि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने गर्नुपर्छ। साथै बालबालिकालाई पनि साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ।

साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनले देखाएका छन् ।

यही चेतना अभिवृद्धि गर्न यो दिवस मनाइन्छ। नेपालमा सन् २००८ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077