Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • गाईसँग मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

    गाईसँग मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २९ असोज २०८१
  • 27
    SHARES

    फाइल तस्विर

    सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

    वीरेन्द्रनगर नगरपालिका–८ का ५० वर्षका महेश पौडेलको मृत्यु भएको हो ।



    जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार साँझ साढे ६ बजेतिर दैलेखचोकबाट आउँदै गर्दा कालिनचोकमा भे ५ प ४०४२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।



    दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको थियो ।

    अस्पतालमा उपचारका क्रममा राति ८ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार