Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गाईसँग मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

गाईसँग मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

मंगलवार , आश्विन २९, २०८१

सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–८ का ५० वर्षका महेश पौडेलको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार साँझ साढे ६ बजेतिर दैलेखचोकबाट आउँदै गर्दा कालिनचोकमा भे ५ प ४०४२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालमा उपचारका क्रममा राति ८ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077