Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • बढ्दै चिसो : दुई सातामा ५ डिग्री घट्यो तापक्रम, सतर्कता अपनाउन अनुरोध

    बढ्दै चिसो : दुई सातामा ५ डिग्री घट्यो तापक्रम, सतर्कता अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • मंगलबार, २९ असोज २०८१
  • 177
    SHARES

    काठमाडौं । नेपालमा मनसुन बाहिरिएर अहिले ‘पोस्ट’ मनसुन चलिरहेको छ । पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ ।

    मनसुन सिजन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम खुल्न थालेको थियो ।



    असोज २७ गते नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि साँझ र बिहान चिसो महसुस हुन थालेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



    मौसमविद् अधिकारीका अनुसार असोज १५ गते काठमाडौंको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ ।

    महाशाखाको विवरणमा आइतबार काठमाडौंको न्यूनतम तापक्रम १४.७ डिग्रिसेल्सिय पुगेको थियो । सोमबार १६ डिग्रिसेल्सियस छ ।

    काठमाडौंसहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढेको देखिएको बताइएको छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउनु भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार