Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान

    तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान

    अनलाइन नेपाल
  • सोमबार, २८ असोज २०८१
  • 45
    SHARES

    सिमकोट । सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ ।

    यहाँ दसैँको अघिल्लो दिनमात्र हवाई उडान भएको थियो । त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन ।



    तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले बताए ।



    सोमबार नेपालगन्जदेखि तारा एयरले एक पटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको उनले बताए ।

    दुवै एयरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए । मङ्गलबारका लागि टिकट बुकिङ भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार