Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सोमवार , आश्विन २८, २०८१

गोरखा । आरुघाट सडक खण्ड अन्तर्गत सिमलफेदमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भिमसेन थापा गाउँपालिका–३ सिमलफेदमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन्।

धादिङको त्रिपरासुन्दरी गाउँपालिका–१ का २० वर्षीय निशान गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बा ३६ प १५६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइल चालक रुपेश गिरी र मोटरसाइकलमा सवार निशान गिरी घाइते भएका थिए ।

उपचारको क्रममा आरुघाट आधारभूत स्वास्थ्य केन्द्रमा निशान गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुर्घटनामा घाइते बनेका रुपेश गिरीको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077