Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बीपी राजमार्गमा भोलिबाट मात्रै रुटको गाडी चलाउन पाइने

बीपी राजमार्गमा भोलिबाट मात्रै रुटको गाडी चलाउन पाइने

सोमवार , आश्विन २८, २०८१

काठमाडौं। वीपी राजमार्गमा भोलिदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएको छ।

वर्षासँगैको पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर केही दिन अघिदेखि साना सवारीसाधन चल्न दिइएकोमा आजदेखि ठुला सवारीसाधन चलाउन लागिएको हो ।

सडक डिभिजन भक्तपुरका अनुसार बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरु चल्न दिइएको छ ।

दशैंका लागि घर गएकाहरु फर्किने समय भएकाले यातायात व्यवसायीहरुले आजदेखि ठूला बसहरु समेत चलाउन खोजेका थिए ।

तर चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा समस्या छ । भकुन्डेबेसी बर्षेखोला खण्डमा अहिले पनि सुख्खा पहिरो झर्ने जोखिम छ ।

सडक खुला भएपनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना कायमै रहेको भन्दै डिभिजनले रातिको समयमा भने यो क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ ।

असोज १०, ११ र १२ गतेको वर्षाका कारण यो राजमार्ग अवरुद्ध थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077