Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

जबरजस्ती करणीको आरोपमा स्याङ्जाबाट एक पक्राउ

जबरजस्ती करणीको आरोपमा स्याङ्जाबाट एक पक्राउ

सोमवार , आश्विन २८, २०८१

स्याङ्जा । अपाङ्गता भएकी ३० वर्षिया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिनास गाउँपालिका–४ का ४५ वर्षीय टुकबहादुर थापा रहेका छन्।

असोज २५ गते साँझ ५ बजेको समयमा अपाङ्ग ती युवतीलाई फकाई फुलाई थापाले जङ्गलमा लगेर जबरजस्ती करणी गरेको पीडितका आफन्तले जिल्ला प्रहरीमा बयान दिएका छन् ।

धम्काएर जबरजस्ती करणी गरेको थापालाई सोही दिन पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077