Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, २८ असोज २०८१
  • 261
    SHARES

    काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका केही क्षेत्रमा आज बदली र वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य परेको हो ।



    त्यस्तै कोशी, मधेस र बागमती प्रदेशमा भने आंशिक प्रभाव परेको महाशाखाले जनाएको छ ।



    कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ ।

    दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

    तीनवटै प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको पनि सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार