Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

सोमवार , आश्विन २८, २०८१

काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका केही क्षेत्रमा आज बदली र वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य परेको हो ।

त्यस्तै कोशी, मधेस र बागमती प्रदेशमा भने आंशिक प्रभाव परेको महाशाखाले जनाएको छ ।

कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ ।

दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

तीनवटै प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको पनि सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077