Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

    पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

    अनलाइन नेपाल
  • आइतबार, २७ असोज २०८१
  • 192
    SHARES

    फाइल तस्विर

    म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि संकलन हुन सकेको छैन ।

    सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए ।



    बुधबार, बिहीबार र शुक्रबार शव ल्याउन गएको हेलिकोप्टर रित्तै फर्किएको थियो । शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान सकेनन् ।



    सम्बद्ध टे«कीङ कम्पनीले अनुकूल मौसम भएमा सोमबार शव ल्याउन हेलिकोप्टरमा उद्धार टोली पठाउने जानकारी आएको प्रनाउ श्रेष्ठले बताए ।

    प्रहरीका अनुसार रुसी नागरिक अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार