Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • दसैँमा टीका लगाउन ससुराली आएका ज्वाइँको डुबेर मृत्यु

    दसैँमा टीका लगाउन ससुराली आएका ज्वाइँको डुबेर मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २७ असोज २०८१
  • 330
    SHARES

    फाइल तस्विर

    तनहुँ । वडादसैँमा ससुरालीमा टीका लगाउन आएका एक व्यक्तिको आइतबार तनहुँमा मृत्यु भएको छ ।

    व्यास नगरपालिका व्यास नगरपालिका-६ श्याम्घामा ४० वर्षीय नारायणप्रसाद पोख्रेलको मादी नदीमा नुहाउने क्रममा मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार नवलपुरको गैंडाकोट नगरपालिका-२ घर भएका पोख्रेल आइतबार बिहान नदीमा नुहाउन गएका थिए ।



    नुहाउने क्रममा भुमरीमा परेर उनको मृत्यु भएको थियो । उनको शव करिब एक किलो मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार