Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

लमजुङमा यात्रुबाहक जीप दुर्घटना हुँदा १९ जना घाइते

लमजुङमा यात्रुबाहक जीप दुर्घटना हुँदा १९ जना घाइते

आइतवार , आश्विन २७, २०८१

लमजुङ । लमजुङको मकैडाँडामा यात्रुबाहक जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

बेँसीसहर नगरपालिका ६ को सारिङबाट बेँसीसहरतर्फ आउँदै गरेको ग १ ज ८५५१ नम्बरको जीप मकैडाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर घाइते भएका यात्रुहरूको बेँसीसहरस्थित लमजुङ अस्पतालमा उपचार भइरहेको लमजुङ प्रहरीले जनाएको छ ।

घाइतेमध्ये तीन जनालाई चितवन रिफर गरिएको छ । घाइतेहरूको हात, पाखुरा, खुट्टासहित शरीरका अन्य भाग र केहीको टाउकोमा पनि चोट लागेको बताइएको छ ।

टाउकोमा चोट लागेका ३ जनाको सीटी स्क्यानका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ।

जीप ओरालो सडकको मोड काट्न नसकेर भित्तमा गएर ठोक्किन पुगेको प्ररम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077