Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

हेटौंडाबाट काठमाडौं जाँदा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

हेटौंडाबाट काठमाडौं जाँदा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

आइतवार , आश्विन २७, २०८१

हेटौंडा । हेटौंडा-कुलेखानी-काठमाडौं सडक बिग्रिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रिएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो।

इलाका प्रहरी कार्यालय भीमफेदीले हेटौंडाबाट काठमाडौं जाँदा त्रिभुवनराजपथ तथा कान्तिलोकपथबाट यात्रा गर्न आग्रह गरेको छ ।

कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौँतर्फ पठाइएको छ।

कुलेखानी सिमखोला नजिकको उकालोमा सडकमा साना गाडीहरु चढ्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077