Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

आइतवार , आश्विन २७, २०८१

झापा । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तरगत मेचीनगर नगरपालिका– ७ स्थित इटाभट्टामा धुलाबारीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका साइकल यात्री डिकेन राजवंशीलाई ठक्कर दिएको थियो ।

घाइते राजवंशीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको र उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक होटेल मेची क्राउनमा काम गर्ने मेचीनगर-६ का अन्दाजी ३५ वर्षीय अविशेक लिम्बूलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।

आपसी समझदारीमा अवरोध हटाएर यातायात सुचारु गराएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077