Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए कारागारमै दसैँको टीका

आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए कारागारमै दसैँको टीका

आइतवार , आश्विन २७, २०८१

तनहुँ । बडादसैँको दशौँ दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् ।

कारागारमा बडादसैँको दिन साँझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो ।

सोक्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको तनहुँ कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए ।

विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको अधिकारीले उल्लेख गरे। तनहुँ कारागारमा तीन सय ३० कैदीबन्दी छन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077