Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

उत्तम साइतमा लगाइयो दशैंको टीका र जमरा

उत्तम साइतमा लगाइयो दशैंको टीका र जमरा

शनिवार , आश्विन २६, २०८१

काठमाडौं । बडादशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा टीका र जमरा लगाइएको छ ।

पञ्चांग निर्णायक समितिले तय गरेको उत्तम साइत कुरेर सर्वसाधारणहरुले मान्यजन र अग्रजको हातबाट टीका र जमरा लगाएका हुन् ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिले जनाएको छ ।

विजया दशमी अन्तर्गत आज मुख्य दिन बडादशैँ हो । आफूभन्दा ठूलाबडाको हातबाट टीका र आशीर्वाद ग्रहण गर्ने प्रचलन रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077