Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • राष्ट्रपति पौडेलले ९४ वर्षीय दाजुको हातबाट टीका लगाउने

    राष्ट्रपति पौडेलले ९४ वर्षीय दाजुको हातबाट टीका लगाउने

    अनलाइन नेपाल
  • शनिबार, २६ असोज २०८१
  • 171
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलको हातबाट लगाउने भएका छन् ।

    राष्ट्रपति पौडेलले दाजु डुण्डीराजबाट यस वर्षको दशैंको टीका, प्रसाद, जमरा र आर्शीवाद ग्रहण गर्ने भएका हुन् ।



    सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गर्ने छन् ।



    राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान ११ः३६ बजेको शुभसाइतमा टीका र जमरा ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

    राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार