Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

राष्ट्रपति पौडेलले ९४ वर्षीय दाजुको हातबाट टीका लगाउने

राष्ट्रपति पौडेलले ९४ वर्षीय दाजुको हातबाट टीका लगाउने

शनिवार , आश्विन २६, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलको हातबाट लगाउने भएका छन् ।

राष्ट्रपति पौडेलले दाजु डुण्डीराजबाट यस वर्षको दशैंको टीका, प्रसाद, जमरा र आर्शीवाद ग्रहण गर्ने भएका हुन् ।

सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गर्ने छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान ११ः३६ बजेको शुभसाइतमा टीका र जमरा ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077