Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पहिरो पन्छाएपछि बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

पहिरो पन्छाएपछि बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

शुक्रवार , आश्विन २५, २०८१

काभ्रे । सुख्खा पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार, पहिरो पन्छाएर शुक्रबार दिउँसो २ : ३० बजेदेखि एकतर्फी यातायातका साधन सञ्चालनमा ल्याइएको हो ।

सुख्खा पहिरो झरिरहेकाले निकै नै सावधानी अपनाउन आग्रह गरिएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर समयमा काभ्रेको रोशी गाउँपालिका वडा नं ११, पिप्लेमा माथिबाट सुख्खा पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो ।

खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई सोही स्थानमा माथिबाट आएको सुख्खा पहिरोले पुरेको थियो ।

त्यस्तै, सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख. ४३५२ नम्बर बसलाई रोशी खोलाछेउ पुर्‍याएको थियो । दुवै दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077