Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुर्खेतमा मिनी बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेतमा मिनी बस दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रवार , आश्विन २५, २०८१

सुर्खेत । दैलेखबाट सुर्खेत जाँदै गरेको मिनी बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

क.प.०२००९ख०८५२ नम्बरको मिनी बस सुर्खेतको रिठा भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बसमा तीन जना सवार रहेका थिए ।

घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाइएको थियो ।

घाइते मध्ये दैलेख दुल्लु नगरपालिका १३ बस्ने वर्ष २२ का महेन्द्र शाहीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दैलेख निवासी चालक २४ वर्षीय वीरेन्द्र बहादुर शाही र १९ वर्षीय सबिन शाहीको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077