Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • सुर्खेतमा मिनी बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    सुर्खेतमा मिनी बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असोज २०८१
  • 90
    SHARES

    फाइल तस्विर

    सुर्खेत । दैलेखबाट सुर्खेत जाँदै गरेको मिनी बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    क.प.०२००९ख०८५२ नम्बरको मिनी बस सुर्खेतको रिठा भन्ने स्थानमा दुर्घटना भएको हो ।



    जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बसमा तीन जना सवार रहेका थिए ।



    घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाइएको थियो ।

    घाइते मध्ये दैलेख दुल्लु नगरपालिका १३ बस्ने वर्ष २२ का महेन्द्र शाहीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका दैलेख निवासी चालक २४ वर्षीय वीरेन्द्र बहादुर शाही र १९ वर्षीय सबिन शाहीको उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार