Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बीपी राजमार्गको सुक्खा पहिरोमा गाडी पुरिएपछि सडक अवरुद्ध

बीपी राजमार्गको सुक्खा पहिरोमा गाडी पुरिएपछि सडक अवरुद्ध

शुक्रवार , आश्विन २५, २०८१

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रे सडकखण्डमा झरेको सुख्खा पहिरोमा गाडी पुरिएको छ ।

सुक्खा पहिरो खसेर गाडी नै पुरिएपछि बीपी राजमार्ग फेरि पूर्णरुपमा अवरुद्ध भएको हो ।

पहिरोमो पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको छ ।

काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज. ६८१७ नम्बरको सुमोलाई पुरेको हो ।

यसैगरी सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा.४ ख. ४३५२ नम्बरको बसलाई सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको छ ।

माथिबाट सुक्खा पहिरो झरीरहेकाले बाटो खुलाउन असहज भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077