Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भीर घाइते

श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भीर घाइते

शुक्रवार , आश्विन २५, २०८१

दाङ । दाङको तुलसीपुरमा श्रीमानले धारियो हतियार प्रयोग गरि श्रीमतीलाई गम्भीर घाइते बनाएका छन्।

तुल्सीपुर-१३ दमार गाउँमा श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी हुन् ।

दंगीशरण गाउँपालिका–६ बागर कि ४० वर्षीय निरा बादीलाई उनका श्रीमान राजकुमारले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

श्रीमान–श्रीमतीबीच घरायसी विवाद हुँदा निरा तुलसीपुर–१३ बखरियास्थित माइती घरमा गएर बस्दै आएको र असोज २२ गते उनका श्रीमान ५२ वर्षीय राजकुमार बादी श्रीमतीलाई लिन भनेर माइती घरमा गएको अवस्था पुनः दुईजनाबीच वादविवाद भएको प्रहरीले जनाएको छ।

सोही क्रममा राजकुमारले घाँस काट्न प्रयोग गरिने खुर्पाले प्रहार गर्दा श्रीमती निराको घाँटी, हात र मुखमा गहिरो चोट लागेको र उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

श्रीमतीमाथि प्रहार गरेको खुर्पा राजकुमारले आफ्नै टाउकोमा समेत प्रहार गर्दा गहिरो चोट लागेको र उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077