Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असोज २०८१
  • 96
    SHARES

    फाइल तस्विर

    रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । माडी गाउँपालिका वडा नम्बर ४ खस्रडाँडाका २५ वर्षीय अर्जुन डाँगीको मृत्यु भएको हो ।

    रिजावाट घर्तीगाउँ तर्फ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जिप राजीवाङ—घर्तीगाउँ भित्री सडक खण्डअन्तर्गत माडी वडा नम्बर ४ आरुवा भन्ने स्थानमा बिहीबार राति १० बजेतिर दुर्घटनामा परेको थियो ।



    प्रहरीले स्थानीयको सहयोगमा अचेत अवस्थाका अर्जुनलाई उद्धार गरी स्थानीय मेडिकलमा पुर्‍याएका थिए।



    त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल रेउघा पठाएकोमा चिकित्सकले बिहान सवा २ बजेतिर मृत घोषणा गरेका थिए । जिप सडकबाट ६५ मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार