Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बलि दिने राँगो मार हान्न पौने ५ लाखको बोलकबोल !

बलि दिने राँगो मार हान्न पौने ५ लाखको बोलकबोल !

शुक्रवार , आश्विन २५, २०८१

म्याग्दी । बडा दशैंको नवमीमा बलि चढाइने सरकारी राँगोलाई मार हान्न पौने ५ लाखको बोलकबोल लागेको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीमा बलि चढाइने सरकारी राँगो मार हान्नका लागि चार लाख ७१ हजारको बोलकबोल भएको हो ।

बिहीबार राति खुला बोलकबोलमार्फत कालरात्रिमा सरकारी राँगो मार हान्ने छिनोफानो गरिएको हो ।

करिब ४५ मिनेट चलेको बोलकबोलमा सहभागी तीनजनाको प्रतिस्पर्धामा रघुगङ्गा गाउँपालिका–३ अक्षताका सोवित भण्डारीले सबैभन्दा धेरै कबोल गरेको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077