Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

शुक्रवार , आश्विन २५, २०८१

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ। जसका कारण आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यस्तै आज राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाको अनुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ ।

साथै बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077